back
CTIZAN AD

सरकार र महानगर दुवै सच्चिनुपर्छ-डा. शेखर कोइराला

वि.सं.२०७९ चैत ३० बिहीवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार महानगर दुवै सच्चिनुपर्ने बताएका छन् ।

डा.कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायतको फोहोर उठाउदीन भन्नु अराजकता भएको भन्दै सरकारले पनि महानगरले उठाएका मुद्दामा धम्कीको भाषा प्रयोग गर्न नहुने बताएका छन् ।

डा. कोइरालाले जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्ने बताउँदै भनेका छन् –‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो । दुबै सच्चिनु पर्छ ।’

स्मरण रहोस् काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबारदेखि सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए । सरकारले उनको उक्त अभिव्यक्तिलाई नीतिगत व्यवस्था विपरित रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिन र फोहोर उठाउन पहल गर्न आग्रह गरेको थियो ।

वि.सं.२०७९ चैत ३० बिहीवार ०९:४६ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...