back
CTIZAN AD

रास्वपाले बनाउने भयो कंशाकारलाई सांसद

वि.सं.२०७९ चैत ३० बिहीवार

795 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिन्दवासीनी कंशाकारलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ ।

यसअघिका सांसद डा. ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो काण्डमा कारबाहीमा परेपछि उनको ठाउँमा रास्वपाले कंशाकारलाई सांसदमा सिफारिस गर्ने भएको हो ।

रास्वपाको स्थापनाकालदेखि मकवानपुर जिल्ला सदस्य रहेर काम गरेकी कंशाकारलाई पार्टी सभापति रवी लामिछानेले केही समयअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । कंशाकार ९ वर्षअघि एसिड आक्रमणबाट पीडित समेत भएकी थिइन् ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले अडियो प्रकरणले पार्टीको छविमाथि उठेका प्रश्न, उक्त प्रकरणका समबन्धमा पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले गरेको छानविन पश्चात केन्द्रीय समितिलाई बुझाएको सिफारिस सहितको प्रतिवेदन तथा पार्टी विधानको धारा ५६ (४) बमोजिम डा. श्रेष्ठको पार्टीको सदस्यता खारेजी गरेको जनाएको छ ।

रास्वपाका सांसद ढाका कुमारमाथि साधारण सदस्य समेत नरहने गरी कारबाही

 

वि.सं.२०७९ चैत ३० बिहीवार ०९:३१ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...