back
CTIZAN AD

सडक दुर्घटनामा परेर पाकिस्तानी मन्त्रीको मृत्यु

वि.सं.२०८० वैशाख ४ सोमवार

756 

shares

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ ।

शनिबार आफैँ गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ ।

इस्लामाबादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उनका लागि घातक साबित भएको बताए ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवङ्गत मन्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । (रासस\सिन्ह्वा)

वि.सं.२०८० वैशाख ४ सोमवार ०७:४४ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...