काठमाडौं । राज्य कृषिमैत्री अझै हुन नसकेको कारण अष्ट ज अभियानलाई थप सक्रिय बनाउन अभियन्ताहरुले सुझाव दिएका छन ।
अष्ट ज अभियानद्धारा आयोजित अभियन्ता अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि ब्यवशायीकरणको राष्ट्रिय जागरण बढाउन र राज्यलाई माटो तथा उत्पादनमैत्री बनाउन अभियान थप शसक्त हुनुपर्नेमा जोड दिएका थिए ।
अभियानका वरिष्ठ अभियन्ता रामलाल श्रेष्ठको सभापतित्व, अभियन्ता कृष्णराम मगरातीको संचालन र अभियन्ता भरत गौतमको स्वागत मंतब्यबाट शुरु भएको सो अन्तरक्रिया कार्यक्रमको उदघाटन अभियानका राष्ट्रिय अध्यक्ष लोककृष्ण भटराईले गरेका थिए ।
उद्घाटनका क्रममा भट्टराईले अभियान गतिमा बढ्न नसकेकोमा आत्मालोचित हुदै नयाँ मनोवलका साथ अघि बढ्ने बताएका थिए ।
अभियानका वरिष्ठ उपाध्यक्ष खेम शर्मा पौडेल, उपाध्यक्ष डा देवकला भण्डारी, माधव अधिकारी, चन्दा थापा, चन्द्र प्रसाद पौडेल, राम कुमार केसी, शिवहरी खनाल, पुनित बोगटी, एक नारायण काफले, सतेन्द्र दंगाल, बासुदेव भट्टराई, टीका गौतम, आत्माराम न्यौपाने, राजाराम रिजाल, तारा सापकोटा, हरी रेग्मी सहित ४४ जना अभियन्ताहरुको सहभागीता रहेको सो कार्यक्रममा अभियानका उपाध्यक्ष तथा अष्ट ज कृषि सहकारीका अध्यक्ष रुद्र शर्माले सहकारी मार्फत सेवा प्रवाह गर्नका लागि अभियन्ताहरु जोडिन आग्रह गरेका थिए भने अभियन्ता रविन्द्र रिजालले सहकारीको शसक्तिकरणमार्फत जनतालाई बिकल्प दिने कार्यक्रम ल्याउन जरुरी भएको बताएका थिए ।
त्यस्तै अभियन्ता नीलकण्ठ तिवारीले अभियानको संक्षेपीकरण सहित बिगतमा गर्न नसकिएका बिषयको समिक्षा गर्दै बांकी अभिभारा पूरा गर्न समय र योजनामा चल्नुपर्ने धारणा राखेका थिए भने अभियन्ता भुवन सिंह कुंवरले ठोस कार्यक्रम र परिणाम बिना अभियानको सार्थकता नहुने बताएका थिए ।

कार्यक्रममा अभियन्ता लोकराज भुसालले कृषिको थोरै बजेट पनि फेरि चुडाल्न लागिएकाले खवरदारी गर्नुपर्नेे बताएका थिए भने कृषि अभियन्ता निर्मल लामाले माटो बुझाउन चुनौती रहेको बताएका थिए ।
अभियन्ता कल्पना तिम्सिनाले प्रांगारिकता, ब्यवसायिकता र सहकारीतामा जोड दिएकी थिईन् भने अभियन्ता संगीता बोगटीले कृषिमा आफै होमीन सके राज्यको मात्रै मुख ताक्न नपर्ने बताएकी थिईन् । अष्ट ज अभियन्ताको हैसियतले सरकारसंग आफु जुधिरहेको बताएका अभियन्ता पुष्कर केसीले पिल्सीएका किसानहरु संगठित हुनुको बिकल्प नरहेको बताएका थिए भने उद्योग वाणिज्य फोरमका कृषी बिभाग प्रमुख हरिहर थापाले अभियान र सहकारीको योजना ७५३ मै लाग्नुपर्ने बताएका थिए ।
अभियन्ता दीपक दाहालले कृषिमा आफना पछिल्ला अनुभुति स्मरण गराएका थिए भने अभियन्ता कमला गुरुंङ प्रधानले कमिशन बुझेर अनुदान दिंदा सरकारी ढुकुटी बर्बाद भएको बताएकी थिईन् ।
अभियन्ता गुणराज गौतमले सरकारले भू–उपयोग नीति सहि रुपमा ल्याउन नसकेको बताएका थिए भने अर्का अभियन्ता तेज प्रसाद पुडासैनीले अभियानलाई सहिरुपमा किसानको बिचमा पुयाउनुपर्ने बताएका थिए ।
युवा उद्यमी राजकुमार गोलेले उत्पादन र बितरणको ब्यबस्था सहि रुपमा हुनुपर्ने बताएका थिए भने कृषी अभियन्ता बालकृष्ण गुरुंङले अभियानको दायरा र संगठन ब्यापक बनाउन सुझाव दिएका थिए ।

बिदेशबाट फर्केर काठमाण्डौ चन्द्रागिरीमा एक दशक बढि समय ब्यवशायिक कृषि फर्म चलाएका संतोष बोगटीलाई सम्मान गरिएको सो कार्यक्रममा अभियानकी सल्लाहकार सावित्री भटराईले बैशाख १५ गतेदेखि अष्ट ज अभियान केन्द्रीय कार्यालयलाई बालुवाटारस्थित घरमा निःशुल्क रुपमा कोठा उपलब्ध गराउने घोषणा गरेकी थिईन् ।
अभियन्ता तथा पुष्प ब्यवशायी मनम खड्का लगायतले पुष्प ब्यवशायका समस्या राख्दै किसानहरु एकताबद्ध हुनुपर्ने बताएकी थिईन् ।
कार्यक्रमको अन्तमा हल, चिया र बिस्कुट उपलब्ध गराउने नेपाल हाउस परिवारलाई आभार ब्यक्त गरिएको थियो ।
वि.सं.२०८० वैशाख ८ शुक्रवार १५:०१ मा प्रकाशित






























