back
CTIZAN AD

अधिकांश विकास बैंकहरुको नाफा घट्यो (वित्तीय विवरणसहित)

वि.सं.२०८० वैशाख ८ शुक्रवार

1K 

shares

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा अधिकांश विकास बैंकहरुको नाफा घटेको छ । चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका ११ बैंकमध्ये नौ बैंकको नाफा घटेको हो ।
यो अवधिमा सबैभन्दा बढी ज्योति विकास बैंकको नाफा घटेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा ६०.९० प्रतिशतले नाफामा गिरावट आएको छ ।

ज्योति विकास बैंकले नौ महिनामा २० करोड १६ नाफा कमाएको छ तर, गत आर्थिक वर्षको यही अवधिमा बैंकले ५१ करोड ५७ लाख नाफा कमाएको थियो ।

सबैभन्दा बढी नाफा घट्नेमा ज्योतिपछि महालक्ष्मी विकास बैंक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा महालक्ष्मी विकास बैंकको ४६.९४ प्रतिशतले नाफा घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा महालक्ष्मीले ३७ करोड ८९ लाख नाफा कमाएको छ तर, अघिल्लो आर्थिक वर्षको यही अवधिमा महालक्ष्मीले ७१ करोड ४२ लाख नाफा कमाएको थियो ।

यस्तै, कामना सेवा विकास बैंकको नाफामा ३९.४१ प्रतिशतले गिरावट आएको छ । बैंकले नौ महिनाको अवधिमा ३० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । तर, बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० करोड ४५ लाख नाफा कमाएको थियो ।

नाफाका हिसाबले सबैभन्दा बढी नाफा आर्जन गर्ने मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको नाफामा पनि यस अवधिमा गिरावट आएको छ । मुक्तिनाथको नाफा २१ प्रतिशतले गिरावट आएको छ भने गरिमाको नाफामा १६.९२ प्रतिशतले गिरावट आएको छ । तथापी, सबैभन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ र गरिमा नै परेका छन् । नौ महिनाको अवधिमा गरिमाले ८० करोड ६२ लाख नाफा आर्जन गरेको छ भने गरिमाले ६५ करोड १८ लाख नाफा आर्जन गरेको छ । दुवै बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा क्रमशः एक अर्ब दुई लाख र ७८ करोड ४६ लाख नाफा आर्जन गरेका थिए ।

अधिकांश विकास बैंकहरुको नाफा घट्दा पनि तीन वटा बैंक कर्पोरेट डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकको नाफा भने बढेको छ । तीन बैंकमध्ये प्रतिशतका हिसाबले कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा बढी दरले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा ७३.२९ प्रतिशतले बृद्धि भएको छ भने साइन रेसुङ्गा र ग्रीन डेभलपमेन्ट बैंकको नाफामा क्रमशः १४.३८ र ८.५१ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकले एक करोड ३० लाख, साइन रेसुङ्गाले ५५ करोड ४५ लाख र ग्रीन डेभलपमेन्ट बैंकले एक करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

कुनको नाफा कति ?

वि.सं.२०८० वैशाख ८ शुक्रवार १४:५९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...