काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।
आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्ने बताइएको छ ।
सो सेवा अन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्छ ।
लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उद्वेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराईएको हो ।
साथै नव वर्ष २०८० को उपलक्ष्यमा आइएमईपे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउनेछन् ।
वि.सं.२०८० वैशाख ८ शुक्रवार १५:२६ मा प्रकाशित






























