काठमाडाैं । माईखोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुला भएकाे छ । सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको कुल १२ लाख ६९ हजार ४११ कित्ता आईपीओ सर्वसाधारणका लागि खुलेको हो ।
अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैशाख १२ गतेसम्म यसमा आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आईपीओमा आफ्नो खाता रहेको बैंक शाखा वा सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सकिनेछ ।
माईखोला हाइड्रोपावर कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । यसले कम्पनी मध्यम औसत स्तरमा रहेको देखाउँछ ।
कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिङमा सुपरमाई क्यास्केड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको कुल क्षमता ३ मेगावाट बराबर छ ।
आयोजना सम्पन्न हुँदा कुल लागत ६१ करोड १३ लाख रुपैयाँ बराबर छ । अर्थात् प्रति मेगावाट लागत २० करोड ३७ लाख रुपैयाँ बराबर छ ।
गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ६७ पैसा छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा छ ।
वि.सं.२०८० वैशाख ८ शुक्रवार १६:०६ मा प्रकाशित



























