back
CTIZAN AD

एसिसी प्रिमियर कप : युएईद्वारा सिंगापुर २०१ रनले पराजित

वि.सं.२०८० वैशाख १० आइतवार

744 

shares

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै युएईले चार अङ्क जोडेको छ ।

युएईले दिएको चार सय ७२ रनको विजयी लक्ष्य पच्छाएको सिङ्गापुर निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७० रनमा समेटियो । सिङ्गापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाए । युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदैँ चार सय ७१ रनको योगफल तयार बनाएको थियो । युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्धतमा एक सय ७४ रन जोडेका हुन् ।

त्यसैगरी, युएईका कप्तान मोहम्मद वासिमले एक सय ६० रन जोडे । उनले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएका हुन् ।

यस्तै, युवा ओपनर आर्यन लाक्रा सात बलमा दुई चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रीत सिंहले एक विकेट लिए ।

उक्त प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भोलि नेपालले साउदी अरेबियासँग खेल्नेछ ।

 

वि.सं.२०८० वैशाख १० आइतवार २०:०१ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...