काठमाडौं । सोमबार राति दुवईका लागि उडेको फ्लाइ दुवईको जहाजले दुवई विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
त्रिभुवन विमानस्थलबाट १६९ यात्रु बोकेर दुबईका लागि उडेको फ्लाइ दुबईको अन्तराष्ट्रिय विमानस्थल टर्मिनल दुईमा सुरक्षित अवतरण गरेको हो ।
युएईको समय अनुसार जहाज राति १२ बजेर १३ मिनेटमा सुरक्षित अवतरण गरेको दुबई सरकारको मिडिया कार्यालयले ट्विटमार्फत् जानकारी दिएको हो ।
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) has safely landed in Dubai International (DXB) at 00:11 local time after experiencing a bird strike during takeoff from Kathmandu. Our experienced flight crew followed standard operating procedure and…
— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023
उड्नासाथ एउटा इन्जिनमा समस्या आएको उक्त जहाजको आकस्मिक अवतरण गर्ने तयारी गरिए पनि विमान चालकले समस्या समाधान भएको भन्दै गन्तव्यतर्फ लागेका थिए ।
फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदैछ–पर्यटन मन्त्री
वि.सं.२०८० वैशाख १२ मंगलवार ०७:०३ मा प्रकाशित






























