काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षितरुपमा गन्तव्यतर्फ गइरहेको बताएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुवईका लागि उडेको केही समयमै इन्जिनमा समस्या आउनुका साथै आगो समेत लागेको उक्त जहाज सुरक्षित गन्तव्यतर्फ गइरहेकोले चिन्ता नलिन मन्त्री किरातीले आग्रह गरेका छन् ।
‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’ मन्त्री किरातीले सामाजिक संजालमा लेखेका छन् ।

इन्जिनमा समस्या आएको फ्लाई दुवईको जहाज गन्तव्यतर्फ उड्यो
वि.सं.२०८० वैशाख ११ सोमवार २२:२८ मा प्रकाशित






























