काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुवईका लागि उडेको फ्लाई दुवईको जहाजको इन्जिनमा समस्या देखिएपनि जहाज गन्तव्यतर्फ नै उडेको छ ।
विमानस्थलबाट उडेको केही समयमै जहाजको इन्जिन फेल भएपछि अवतरणका लागि तयारी गरिरहेको बताइएपनि पाइलटले त्यसको समाधान भएको भन्दै दुवईतर्फ नै जहाज उडाएको विमानस्थल श्रोतले जनाएको छ ।
दुवईका लागि उडेको उक्त विमानमा १७५ यात्रु रहेको बताइएको छ ।
वि.सं.२०८० वैशाख ११ सोमवार २२:१९ मा प्रकाशित






























