back
CTIZAN AD

सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी

वि.सं.२०८० वैशाख १५ शुक्रवार

795 

shares

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताएका छन् ।

आज यहाँ आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उनले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप बजेटको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् ।

मन्त्री मोदीले भने, “निजामती कर्मचारी अस्पतालजस्तै सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्नेबारे सोचिरहेका छौँ । यसका लागि आगामी आवमा बजेटको व्यवस्था गर्न खोजिरहेका छौँ ।” उनले अस्पताल निर्माणको योजनाबारे जानकारी दिँदै भने, “ती अस्पतालमध्ये पनि राष्ट्रिय कलाकार, राष्ट्रिय व्यक्तित्व, विभिन्न आन्दोलनका घाइते, सहिद वा बेपत्ताका परिवारका लागि पनि छुट्टै अस्पताल निर्माण गर्ने सोचेका छौँ ।”

मन्त्री मोदीले सबै जनतामा सुलभ उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने र थप अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोगका लागि पहल गरिने धारणा व्यक्त गरे । कार्यक्रमा चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवन पुनःनिर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

समारोहमा नेपालका लागि चीनियाँ राजदूत छन सोङ्ले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए । “विगत केही दशकयता, नेपाल सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धेरै हदसम्म सफल भएको छ । यसबीच चीन सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्यले दुवै देशको सम्बन्धलाई एउटा उचाई दिलाएको छ”, उनले भने ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले उक्त सर्जिकल भवनले थप उपचार सेवा उपलब्ध गराउन सहज हुने बताए । उक्त भवनमा एक सय पाँच साधारण शय्या, १२ सघन कक्ष र चार शल्यचिकित्सा कक्ष छन् ।

 

वि.सं.२०८० वैशाख १५ शुक्रवार १५:३४ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...