Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

लामखट्टेले टाेकेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहाेस् घरेलु उपचार



गर्मी माैसममा धेरैलाई लामखुट्टेले टाेकेर हैरान पार्छ । हात, खुट्टा र अनुहार टोकेर यसले हैरान मात्रै बनाउँदैन, बिभिन्न रोगहरु पनि निम्त्याउँछ । तिनीहरुलाई मारेर धपाउनका लागि कुण्डल बाल्नमा रातभरी बित्छ । जसका कारण दिनभर आँखामा थकान र निद्रा लाग्ने गर्छ, जसले काममा नराम्रो असर पार्छ ।

तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने यहाँ हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन।

लामखुट्टे भगाउने घरेलु उपाय

लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अब देखि यो घरेलु उपाय सिक्नुहोस् र अर्को पटक लामखुट्टे र झिंगा हटाउन प्रयोग गर्नुहोस्।

– नीमको सुख्खा पात

– तेज पत्ता

– लहसुन

– प्याज

– ल्वाङ

–कपूर

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी कुचल्नुहोस्, त्यसपछि त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस् ।

कसरी प्रयोग गर्ने ?

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस्। यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् । लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ। एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।