काठमाडाैं । नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम १४ फाइभजी’ मोबाइल बजारमा उपलब्ध गराएको छ । जसमा ५० मेगापिक्सलका ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरलगायतका विषेशताहरु रहेका छन् ।
‘ग्यालेक्सी एम सिरिजले सदैव ग्राहकहरुको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ फाइभजी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र फाइभजी ब्यान्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर फाइभजी डिभाइस हो’ सामसङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने ।
उनका अनुसार क्यामरा रहेको एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सकिन्छ । सेल्फि खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा रहेको उनले जानकारी दिए ।
यसमा भएको ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५ जिलाई ‘पावर मोन्स्टर’ बनाइदिएको छ । जुन विना चार्ज २ दिनसम्म लगातार चल्न सक्छ ।
मोबाइलको ब्याट्री जीवनको कुनै पर्वाह नगरी घन्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङलाई पनि सपोर्ट गर्ने भएकोले फोन छिट्टै चार्ज हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०८० वैशाख २० बुधवार १३:२७ मा प्रकाशित




























