back
CTIZAN AD

कुन बैंकको व्याजदर सस्तो ?

वि.सं.२०८० वैशाख २१ बिहीवार

1.2K 

shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चौथो त्रैमासको पहिलो महिनाको व्याजदर सार्बजनिक गरेका छन् । उनीहरुले सार्बजनिक गरेको आधारदर औसतमा १०.५९ प्रतिशत रहेको छ । बैंकहरुको आधारदरअनुसार कर्जाको व्याज निर्धारण हुन्छ । अहिले सार्बजनिक भएको व्याजदर भने जेठ महिनादेखि लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको व्याजदर निधारण गर्ने गर्दछन् ।

राष्ट्रिय वाणिज्य बैंकको व्याजदर सबैभन्दा सस्तो

बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बैंक राष्ट्रिय वाणिज्य बैंकको व्याज सबैभन्दा सस्तो हुने देखिएको छ भने सबैभन्दा महँगो व्याज सनराइज बैंकको हुने देखिन्छ । व्यवसाय गर्नेहरुले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा न्यूनतम १०.६० प्रतिशदेखि अधिकतम १३.६० प्रतिशतसम्ममा पाउन सक्ने देखिन्छ ।

त्यस्तै, सबैभन्दा महंगो आधारदर भएको सनराइज बैंकबाट कर्जा लिँदा न्यूनतम १३.५२ प्रतिशतदेखि अधिकतम १६.५२ प्रतिशतमा कर्जा पाउन सक्ने बैंकले सार्बजनिक गरेको विवरणमा देखिन्छ ।

विवरणहरु अनुसार ८ देखि ९ प्रतिशतका बिच आधार दर भएको वैंक राष्ट्रिय बाणिज्य बैंक मात्र रहेको छ । त्यस्तै ९ देखि १० प्रतिशतका बिच आधार दर भएका बैंकहरु चारवटा रहेका छन् । तिनीहरु स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, र नविल बैंक हुन् ।

१० देखि ११ प्रतिशतका बिच आधार दर भएका बैंकहरुको संख्या ८ रहेको छ । तिनीहरु नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, एनआइसि एसिया बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, कुमारी बैंक लगायत रहेका छन् । ११ र १२ प्रतिशतका बिच आधारदर रहेका बैंकहरु पनि ८ वटा नै रहेका छन् । तिनीहरु हिमालयन बैंक, नेपाल एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, प्राईम बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंकलगायत रहेका छन् । अघिल्लो महिना बैंकहरुको औसत आधारदर १०.७३ प्रतिशत रहेको थियो ।

वि.सं.२०८० वैशाख २१ बिहीवार १६:१८ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...