काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावका देशका पहाडि तथा हिमाली भू–भागमा वर्षा र हिमपात भइरहेको छ ।
मौसम पूर्णनुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८० वैशाख २२ शुक्रवार ०८:२३ मा प्रकाशित






























