back
CTIZAN AD

डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न

वि.सं.२०८० वैशाख २२ शुक्रवार

621 

shares

काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल संवाद ४.० आयोजना भएको छ ।

बिहीबार आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौंडामा डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे आयोजना भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुब गौडा, प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक निराजन कोइराला, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठसँगै उच्च सरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले प्रविधिको प्रयोगबिना सम्वृद्धि सम्भव नभएको बताए । ‘प्रविधिको प्रयोगबाट मात्रै समृद्धि सम्भव छ भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट छ’, उनले भने, ‘त्यसका लागि सूचना प्रविधिमैत्री कानून निर्माण गर्ने र भएका कानूनलाई समयानुकुल परिमार्जन गर्ने र कार्यान्वयन गर्ने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ ।’

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यक्रममा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई–गभर्नेन्स विज्ञ बिक्रम खतिवडाले बागमती प्रदेशको डिजिटल गभर्नेन्स बारे प्रस्तुती दिएका थिए ।

यस्तै, बागमती प्रदेशको डिजिटल पूर्वाधार बारे नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास शाखाका सहायक निर्देशक निराजन कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए भने बागमती प्रदेशको डिजिटल क्यापाबिलिटी ल्याण्डस्केप विषयमा इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष बिक्रम श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संवादमा बागमती प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा बागमती प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवतीप्रसाद सापकोटा, नेरी सोलुसनका सुरेन्द्र योञ्जन र क्यान महासंघ मकवानपुरका शिवकमान श्रेष्ठ सहभागी थिए ।

यसअघि कोशी प्रदेश र मधेस प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । बागमती प्रदेश पछि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ । सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुने जनाइएको छ ।

वि.सं.२०८० वैशाख २२ शुक्रवार ०९:०५ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...