back
CTIZAN AD

किन घट्यो मस्र्याङ्दी जलविद्युत आयोजनाको उत्पादन ?

वि.सं.२०८० वैशाख २५ सोमवार

714 

shares

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।

तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताए । विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उनले जानकारी दिए ।

पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुने गर्दछ ।

‘‘नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ”, प्रमुख फुँयालले भने, “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।”

यति बेला सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झण्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने उनले जानकारी दिए । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएकोे छ ।

वि.सं.२०८० वैशाख २५ सोमवार १६:०० मा प्रकाशित

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...