Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

युनियन, प्राइम र गुराँस लाइफ मर्ज भएर बन्याे हिमालयन लाइफ



काठमाडौं । तीन बीमा कम्पनी मर्ज भएर मंगलबारदेखि एकीकृत कारोबार थालनी गरेका छन् । युनियन लाइफ, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर हिमालयन लाइफ इन्स्योरेन्स बन्दै एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जपछि बन्ने नयाँ कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको केन्द्रीय कार्यालय काठमाडौंमा रहने छ । यी तीनै वटा कम्पनीहरुलाई एक आपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते अनुमति पाएको थियो ।

मर्जपछि बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् । गुराँस लाइफ र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् ।

कम्पनीको तीन कम्पनी एक भएपछि चुक्ता पुँजी साढे ७ अर्ब ६९ करोड बढी पुगेको छ । यी तीनै वटा कम्पनी समान हैसियत अर्थात १ः१ः१ को अनुपातमा मर्ज भएका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता गरेको एक वर्षपछि एकीकृत कारोबार थालनी गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।