back
CTIZAN AD

युनियन, प्राइम र गुराँस लाइफ मर्ज भएर बन्याे हिमालयन लाइफ

वि.सं.२०८० वैशाख २६ मंगलवार

1.8K 

shares

काठमाडौं । तीन बीमा कम्पनी मर्ज भएर मंगलबारदेखि एकीकृत कारोबार थालनी गरेका छन् । युनियन लाइफ, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर हिमालयन लाइफ इन्स्योरेन्स बन्दै एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जपछि बन्ने नयाँ कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको केन्द्रीय कार्यालय काठमाडौंमा रहने छ । यी तीनै वटा कम्पनीहरुलाई एक आपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते अनुमति पाएको थियो ।

मर्जपछि बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् । गुराँस लाइफ र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् ।

कम्पनीको तीन कम्पनी एक भएपछि चुक्ता पुँजी साढे ७ अर्ब ६९ करोड बढी पुगेको छ । यी तीनै वटा कम्पनी समान हैसियत अर्थात १ः१ः१ को अनुपातमा मर्ज भएका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता गरेको एक वर्षपछि एकीकृत कारोबार थालनी गरेको हो ।

वि.सं.२०८० वैशाख २६ मंगलवार ११:५९ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...