back
CTIZAN AD

नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १२ पुग्यो

वि.सं.२०८० वैशाख २७ बुधवार

882 

shares

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगि गरिएको प्रकरणमा एकपछि अर्को गर्दै उच्च स्तरका नेताहरु पक्राउ पर्न थालेका छन् । बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण र उनका सहयोगी आरोपितको बयानका आधारमा पक्राउ परेका छन् । खाँण र उनका सहयोगी स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

यसअघि मंगलबार मात्रै काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालिन गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन्। यस्तै, प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पनि पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा एमालेका सचिव टोबहादुर रायमाझी भने फरार छन् । पक्राउ पुर्जी जारी भएलगत्तै उनी फरार भएका थिए । यस्तै, रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पनि पक्राउ पुर्जी जारी भएसँगै फरार छन् । प्रहरीले दुवैको खोजीलाई तिव्रता पनि दिएको छ ।

सम्बन्धित समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नक्कली भु्टानी शरणार्थी प्रकरण : खाँणका स्वकीय सचिव पनि पक्राउ

वि.सं.२०८० वैशाख २७ बुधवार १२:०१ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...