काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई ढाकछोप गर्न खोजिएको भन्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गर्ने भएको छ ।
आन्दोलनले अमेरिका लैजाने नाममा सयौं नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहका रुपमा अर्बौ रकम असुलीमा संलग्न पूर्वमन्त्री सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व लागिरहेको भन्दै गम्भीर आपत्ति समेत जनाएको छ ।
‘नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध हो, जसले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको छ,’ आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर संगठित अपराधको अनुसन्धानलाई दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारमा प्रभावहीन बनाउनु र दोषिलाई संरक्षण गरी उन्मुक्ति दिनु दण्डहिनताको प्रोत्साहन र कानुनी शासनको बद्ख्वाइँ हो ।’ आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०८० वैशाख २७ बुधवार १३:०९ मा प्रकाशित






























