back

एमालेले संसदबाटै भन्यो–टोप बहादुरजी, अनुसन्धानमा सघाउनुस्

वि.सं.२०८० वैशाख २७ बुधवार

171 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोप बहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा विधि र कानुनको शासन मान्न आग्रह गरेको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार पार्टीका सचिव समेत रहेका रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाउन निर्देशन दिएको बताए ।

उनले भने–‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक जुनखालको अनुसन्धान र छानविन भइरहेको छ यसमा हाम्रो पार्टीका माननीय सचिव टोपबहादुर रायमाझी लाई निर्देशन गरिरहेका छौं ।’

गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीले सरकारको काममा सहयोग र समर्थन गर्न तयार रहेको समेत बताएका छन् ।

‘सरकारले जुन खालको अनुसन्धान सुरु गरेको छ, विधिको शासन, कानुनको शासन मान्ने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने अभियानमा प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानविन र अनुसन्धानलाई सरकारले दायाँ बाया र तलमाथि नगरिकन दोषीहरु कुनैपनि नछुट्ने गरी र निर्दोष व्यक्ति कोही नपरुन भन्ने अभियानका साथ लाग्नुहोस् । एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ ।’ उनले भने ।

 

 

वि.सं.२०८० वैशाख २७ बुधवार १३:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...