back
CTIZAN AD

भ्रष्टाचार प्रकरणमा जोसुकैको नाम आए पनि कारबाही हुनुपर्छ -अध्यक्ष ओली

वि.सं.२०८० वैशाख २८ बिहीवार

678 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा जोसुकैको नाम आए पनि उसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरु र एमालेकै नेताहरुको नाम समेत आइरहेको भन्दै जोसुकै भएपनि कारबाही हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले यदि एमालेमाथि प्रतिशोध राखेर फसाउने प्रयास भएको अवस्थामा आफुहरु चुप लागेर नबस्ने बताउँदै पूर्वाग्रही भएर निर्दोषलाई फसाउने काम हुन नहुने बताए ।

 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आवोस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ । तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन ।’ सम्बोधनका क्रममा उनले भने ।

उनले छलछाम गरेर राज्यको ढुकुटी खल्तीमा राख्ने काममा जोकोही संलग्न भएपनि त्यसको प्रतिरोध गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा कसैले भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा बोलेमा त्यसको मुख थुन्ने प्रयास भइरहेको समेत बताए ।
’अमरेशकुमार सिंहले संसद्मा भ्रष्टाचारको विरोध के गरेका थिए अहिले उनीविरुद्व अख्तियारमा उजुरी नै परिसकेको छ । कसैले बोल्यो कि उसको मुख थुनिहाल्ने प्रवृत्ति देखिएको छ । अनि कसैले प्रतिशोधमा उजुरी दियो भने हामी पत्याइहाल्छौँ, हामी कहाँ त्यो खालको परपीडक मानसिकता भएको समाज पनि छ ।’

एमाले केन्द्रीय कमिटीको चौथो बैठक आजदेखि, यी हुन् छलफलका १० कार्यसूची

वि.सं.२०८० वैशाख २८ बिहीवार १२:३३ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...