back
CTIZAN AD

इमरान खान पक्राउ परेपछि अशान्त बन्दै पाकिस्तान, आठको मृत्यु, १९ सय पक्राउ

वि.सं.२०८० वैशाख २८ बिहीवार

825 

shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि केहीदिनयता पाकिस्तान अशान्त बनेको छ ।

अल कादिर ट्रष्ट घोटाला प्रकरणमा खान पक्राउ परेपछि पाकिस्तानमा हिंसा बढ्दै गएको छ । उनलाई पक्राउ गरेको विरोधमा प्रदर्शन हुन थालेपछि सिन्ध प्रान्तबाहेक पञ्जाब, खैबर पख्तुनख्वा र बलुचिस्तानमा सेना तैनाथ गरिएको छ ।

यसैबीच, खान नेतृत्वको पार्टी पीटीआईका नेता फवाद चौधरीलाई राति र शाह महमूद कुरेशीलाई बिहीबार बिहान हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले हालसम्म इमरानको पार्टीका करिब १९०० नेता तथा कार्यकर्तालाई हिरासतमा लिएको छ ।

मंगलबारपूर्वप्रधानमन्त्री खानलाई पक्राउ गरिएपछि बढेको हिंसामा हिंसाका कारण हालसम्म आठ जनाको मृत्यु भएको र २९० जना घाइते भएका छन् ।

बुधबार इमरान खानलाई ८ दिनको लागि नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को हिरासतमा पठाइएको थियो
एनएबीले प्रधानमन्त्री शाहबाज शरीफ, उनका छोरा हम्जा शरीफ र अन्यलाई मनी लान्ड्रिङ मुद्दामा क्लीन चिट दिएको छ ।

पीटीआईका समर्थकहरूले पेशावरमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि आक्रमण गरेका छन् । चाङ क्षेत्रमा रहेको आणविक केन्द्रमा कमाण्डोहरू तैनाथ छन् । गिलगिट–बाल्टिस्तानमा एक महिनाको लागि धारा १४४ लगाइएको छ ।

के हो अल–कादिर ट्रस्ट केस ?
पाकिस्तान सरकारका अनुसार खान प्रधानमन्त्री हुँदा उनले भूमाफिया मलिक रियाजलाई मनी लान्ड्रिङको मुद्दामा फसाएका थिए । लन्डनमा उनको ४० अर्ब जफत भयो । पछि यो पैसा बेलायती सरकारले पाकिस्तानलाई हस्तान्तरण गरेको थियो । इमरानले यो जानकारी मन्त्रिपरिषद्लाई समेत दिएका छैनन् ।

यसपछि इमरानले अल कादिर ट्रस्ट बनाए । यसले धार्मिक शिक्षा प्रदान गर्न अल कादिर विश्वविद्यालय स्थापना ग¥यो ।

यसका लागि मलिक रियाजले अर्बौं रुपैयाँको जग्गा दिएका थिए । बुशरा बीबीलाई हिराको औंठी पनि उपहार दिएका थिए । बदलामा, रियाजका सबै केसहरू खारेज गरियो । उनले करोडौंको सरकारी ठेक्का पनि पाएका छन् ।

गृहमन्त्री राणा सनाउल्लाहले भने– सरकारी कोषमा ६० अर्ब रुपैयाँ नोक्सान भएको छ । १३ महिनामा एकपटक पनि इमरान र बुशरा सोधपुछका लागि आएनन् । ४ वर्ष बितिसक्दा पनि यस विश्वविद्यालयमा ३२ जना मात्र विद्यार्थी छन् ऐजेन्सीको सहयोगमा

 

 

वि.सं.२०८० वैशाख २८ बिहीवार १२:५५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...