back
CTIZAN AD

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने तीन पक्राउ, यसरी ठगिए सर्वसाधारण

वि.सं.२०८० वैशाख ३१ आइतवार

900 

shares

उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।

उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएकमोजिमको रकम बुझाउनुपर्नेे भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो ।

पक्राउपर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौँ महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेकोे प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । उनीहरू बिरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ ।
ती अभियुक्तले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै रु तीस हजार ठगी गरेका थिए ।

यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटकपटक गरेर उनीहरुले रु २२ लाख २० हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै रु २० हजारदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो ।

पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरुको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए ।

प्रहरी प्रमुख फुयाँलले भने, “चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्, बास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरुसम्म पुग्नेगरी अनुसन्धान सुरु गरेको छ, र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ । पक्राउपर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजीकार्य सुरु गरिएको छ। ”

पक्राउ गरिएकाहरू बिरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको हो । रासस

 

वि.सं.२०८० वैशाख ३१ आइतवार १५:२० मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...