back
CTIZAN AD

मोदी इनर्जीको आईपीओ बाँडफाँड, १०/१० कित्ता पाउनेमा साढे पाँच लाख बढी

वि.सं.२०८० जेठ १ सोमवार

975 

shares

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीको आईपीओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरूलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरी ५९ लाख ५९ हजार ४ सय २० कित्ता शेयर निष्कासन गरेको थियो ।

वि.सं.२०८० जेठ १ सोमवार ०७:५७ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...