काठमाडौ । बेलायती ब्राण्डको बेलाको होम एप्लाइन्सेसको सामग्री नेपाली बजारमा आएको छ । आईकेबीएच ग्रुप प्रा.लि.ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाइन्सेन्स नेपाली बजारमा भित्रिएको जनाएको हो ।
बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार र नेपालमा उपलब्ध हुँदै आइरहेको छ । कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । उक्त कम्पनीको प्रोडक्ट एम्बेस्डरको रुपमा अभिनेता प्रदीप खड्का रहेका छन् ।
बेलाको ब्राण्डले आफ्नो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आफ्ना उत्पादन ग्राहकको प्रमुख रोजाइ बन्दै गइरहेको दाबी गरेको छ । बेलाको उपभोक्ता र व्यावसायिक दुवै क्षेत्रमा आफनो सशक्त उपस्थिति बनाउन केन्द्रित हुँदै आइरहेको कम्पनीले जनाएको छ । आईकेबीएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डको इलेक्ट्रोनिक्स सामान र उपकरणको शुभारम्भ गरे ।
उनले बेलाको होम एप्लाइन्सेन्स बेलायती चर्चित ब्राण्डको इलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद रहेको बताए । प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक बसिदले लक्ष्य निर्धारण गरेर अघि बढेमात्रै लक्ष्य हासिल गर्न सकिने बताए ।
प्रमुख कार्यकारी निर्देशक बसिदले हजारौं नेपाली वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिपेक्षमा आफ्नै स्वदेशमा रोजगारी दिने उद्देश्यले बेलाको ब्राण्ड नेपालमा विस्तार गरिएको बताए ।
‘नेपाल अहिले आर्थिक संकटको अवस्थाबाट ग्ुज्रिरहेको छ । तर यही बेला हामीले बेलायतको चर्चित बेलाको ब्राण्ड नेपालमा भित्र्याएका छौं,’ उनले भने, ‘हामीले नेपालमा व्यवसाय शुरु गर्न लागेका छौं । यसबाट पक्कै पनि केही मात्रामा भएपनि रोजगारीको अवसर सिर्जना गर्नुका साथै नेपालको अर्थतन्त्रमा पनि केही हदसम्म टेवा पु्¥याउने आशा गरेका छौं ।’
प्रमुख कार्यकारी अधिकृत बसिदले बेलाकोको सामग्रीलाई रुचाएर माया गरिदिन सबैमा अनुरोध गरे ।
कार्यक्रममा एनआरएनका भाइस प्रेसिडेन्ट रविन्द्रप्रसाद श्रेष्ठले नेपाली युवाले वैदेशिक रोजगारीका क्रममा सिकेका सीपलाई स्वदेशमै विस्तार गर्न नेपाल सरकारको सहायताको आवश्याकता रहेको बताए । उनले स्वदेशमै छुट्टै ब्राण्ड खडा गर्न विविध चुनौतीको सामना गर्नुपर्ने हुँदा बेलायतको परिचित ब्राण्ड बेलाकोलाई नेपालमा प्रतिस्थापित गर्न नेपाल सरकारको सहयोगको अपेक्षा गरेका हुन् ।
साथै कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरी विभिन्न उपहार योजनाहरु पनि ल्याएको छ । जसअन्र्तगत बेलाकोको एउटा प्रोडक्ट (बिग होमअप्लाइन्सेस) किन्दा अर्को सित्तैमा पाइने छ र यो योजना जेठ मसान्तसम्म रहने छ ।
वि.सं.२०८० जेठ १ सोमवार ०७:५१ मा प्रकाशित






























