काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा बैंकको चुक्ता पुँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना शेयरधनीको उपस्थिति रहेको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ३,१४,२५,७७,०२१.९३ को ४.४१ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कुल ४.६४२१ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकले आ.व. २०७९–०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८–०७९ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू र देशको आर्थिक तथा बैंकिङ क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९–८० को हाल सम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत विनय दाहालले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरू हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको भएतापनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज हुने बताएका थिए ।
साथै उनले चालु आ.व.मा व्यवसाय वृद्धिको साथै खराब कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्य योजना सहित अगाडि बढ्ने बताए ।
वि.सं.२०८० जेठ १ सोमवार ०८:०६ मा प्रकाशित




























