काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा लगाउनु पर्ने बताएका छन् ।
आइतबार साँझ पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका रिजालले भनेका छन्, ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो ।’
उनले नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेहरुमाथि देशद्रोहको मुद्दा चलाउर्ने भन्दै उनले भनेका छन् ‘उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव– जोसुकै होऊ्न, कानुनको नजरबाट बराबर सावित गर्नुपर्छ ।’
वि.सं.२०८० जेठ १ सोमवार ०९:४१ मा प्रकाशित





























