काठमाडौं । नक्कली भुटानी शरणाथी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान सुरु हुने भएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पक्राउ परेका खाँणको आजदेखि बयान सुरु हुने भएको हो ।
सोहि प्रकरणमा पक्राउ परेका पूर्वसचिव टेकनारायण पाण्डे र खाँणका निजी सचिव नरेन्द्र केसीको सरकारी वकिल र प्रहरीले आइतबार बयान सकेको छ । जिल्ला अदालत काठमाडौंले खाँणमाथि अनुसन्धानका लागि आइतबार प्रहरीलाई थप चारदिनको समय दिएको थियो ।
त्यसैगरी आइतबार राति बुढानिलकण्ठबाट पक्राउ परेका एमालेका नेता तथा निलम्बित सचिव टोप बहादुर रायमाझीलाई आज अदालतमा पेश गरिदैँछ ।
प्रहरीले रायमाझीमाथि अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा पेश गर्न लागिएको बताइएको छ । अदालतले म्याद थपिदिएपछि रायमाझीमाथि थप अनुसन्धान हुनेछ ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई केही दिन अगाडि नै पक्राउ पुर्जी जारी गरिए पनि उनी आइतबारमात्रै पक्राउ परेका हुन् भने सोहि प्रकरणमा संलग्न उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।
अन्ततः पक्राउ परे टोपबहादुर रायमाझी
वि.सं.२०८० जेठ १ सोमवार १०:०९ मा प्रकाशित





























