back
CTIZAN AD

आजदेखि एमडीएमएस लागु : अब चल्दैन दर्ता नभएका मोबाइल

वि.सं.२०८० जेठ १ सोमवार

816 

shares

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल सेटहरुको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस लागु गरेको हो । एमडीएमएस लागु भएसँगै अब दर्तावाला मोबाइल मात्रै चल्नेछन् ।

दूरसञ्चार प्राधिकरणले जनाएअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुनेछन् । मोबाइल आयातकर्ता र विक्रेताहरुले मोबाइल आयात गर्नुअघि नै अनिवार्यरुपमा प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपालमै मोबाइल किन्दा पनि एमडीएमएसमा दर्ता भए/नभएको यकिनपछि मात्रै खरिद गर्न ग्राहक वर्गलाई सचेत गराएको छ ।

एमडीएमएस प्रणाली लागु भएसँगै विदेशमा काम गरेर फर्केका व्यक्तिले आफ्नो एक थान र थप एक थान फोन महसुल नतिरी ल्याउन सक्नेछन् । तर, कम्तिमा ६ महिना विदेश काम गरी फर्केका नेपाली नागरिकको हकमा मात्रै त्यस्तो सुविधा प्राधिकरणले दिनेछ ।

प्राधिकरणले हालसम्म नेपालमा सञ्चालित सबै मोबाइल स्वतः दर्ता भएको जनाएको छ । तर, अब प्रक्रियामा नजाने मोबाइलमा सिम चल्दैन ।

प्राधिकरणले केही वर्ष अघिदेखि नै एमडीएमएस लागु गर्न प्रयत्न गरिरहेको थियो । अवैध मोबाइलको खरिद–बिक्रीलाई रोक्न प्राधिकरणले गरेको यस तयारीमा सरकारले सहयोग नगर्दा काम अगाडि बढ्न सकेको थिएन ।

यसअघि प्राधिकरणले पुस १५ गतेदेखि लागु गरेको घोषणा गरेको भएपनि चौतर्फी विरोधपछि सरकारले फिर्ता लिन निर्देशन दिएको थियो । वैदेशिक रोजगारीमा गएका नागरिकको मागलाई सम्बोधनपछि सरकारले एमडीएमएस लागु गर्ने बाटो खोलिदिएको थियो ।

सम्बन्धित समाचार

अब विदेशबाट आउँदा २ वटासम्म मोबाइल ल्याउन पाइने

वि.सं.२०८० जेठ १ सोमवार १२:०७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...