Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

‘नो अब्जेक्सन लेटर’ अब अनलाइनबाटै लिन सकिने



काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले विद्युतीय प्रणालीबाट वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिनसक्ने व्यवस्थाको शुरूवात गरेको छ । सोमबरदेखि एनओसी कार्यालयले विद्युतीय प्रणालीको प्रयोगगरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरूवात गरेको हो ।

अनलाइन सेवा शुरुवात गर्ने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन लेटर चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने बताए । उनले आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरू हुनु प्रशंसनीय भएको बताए । अब विद्यार्थीहरूले घरबाटै एनओसी फर्ममा लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै शिक्षा सचिव रामकृष्ण सुवेदीले आजबाट फेसलेस, पेपरलेस र क्यासलेसको शुआवात हुनु नेपालीहरूका लागि खुसीको कुरा भएको बताए । नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानमा आफू लागेको उनले बताए ।

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोगगरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्न सक्नेगरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।