back
CTIZAN AD

रोमानिया र कम्बोडिया पठाइदिन्छु भन्दै लाखौं ठगि गर्ने पक्राउ

वि.सं.२०८० जेठ १ सोमवार

762 

shares

काठमाडौं । रोमानिया र कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।

उक्त अभियोगमा बागलुङको बागलुङ नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विक समेतले ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीहरुमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १८ लाख रुपैयाँ ठगी गरेकोले आरोपमा प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

त्यसैगरी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ माकलबारी बस्ने २९ वर्षीय सिद्धार्थ तामाङ पक्राउ परेका छन् ।

तामाङ समेतले २ जनालाई वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाई क्यासिनोमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १६ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० जेठ १ सोमवार १८:१५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...