Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

दर्ता भयो मेडइन नेपाल ‘यात्री’ मोटरसाइकल



काठमाडौं । नेपालमै उत्पादन भएर पनि विविध कारणले दर्ता हुन नसकेको ‘यात्री’ मोटरसाइकल कम्पनी अन्ततः सोमबार दर्ता भएको छ ।

‘यात्रु डिजाइन स्टुडियो प्रा.लि’ नामले कम्पनी दर्ता भएको हो । तीनवर्ष अघि आफ्नो उत्पादन सार्वजनिक गरेको सो कम्पनी सरकारी निकायमा दर्ता हुन नसकेको कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसलाई प्रत्यक्षरुपमा चासो दिँदै यातायात व्यवस्था विभागलाई दर्ता प्रक्रियाका लागि कानुन बनाउन निर्देशन समेत दिएका थिए ।

एकवर्ष अघि नै आफुले उत्पादन गरेको मोटरसाइकल ग्राहकलाई डेलिभरी गरेपनि दर्ता हुन नसकेका कारण बजार विस्तार हुन् नसकेकोमा कम्पनीले दुःख व्यक्त गर्दै आएको थियो ।

‘आज हामीले हाम्रो विशेष सिरिज–१ प्रयोगकर्तालाई हाम्रो पहिलो पि–वान ए–डेलिभर गर्यौें र आज एक वर्षपछि, हामीले पहिलो ’मेड इन नेपाल’ गाडी दर्ता गरेका छौं, यात्री पि–वान ।’ कम्पनीले खुसी व्यक्त गर्दै सामाजिक संजालमा लेखेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।