back
CTIZAN AD

मलेसियाको सर्वश्रेष्ठ अवार्ड ‘हापा अवार्ड’बाट सम्मानित भए अधिकारी

वि.सं.२०८० जेठ २ मंगलवार

867 

shares

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेष्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन् ।

हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेष्ठ अवार्ड हापा अवार्ड २०२३ बाट सम्मानित गरिएको हो ।

हालै आयोजित एक कार्यक्रमका बीच रक क्याफे एन्ड बार, रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

मलेसियाको हस्पिटालिटी क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको प्रबद्र्धन र हस्पिटालिटी क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन् ।

हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल, रेष्टुरेन्ट, ट्राभल्सलगायत हस्पिटालिटी क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागी जनाउने गरेका छन ।

हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे । उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली हुन् ।

 

वि.सं.२०८० जेठ २ मंगलवार १५:२२ मा प्रकाशित

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...