back
CTIZAN AD

झापामा पाइयो ३६ जातको रैथाने धान

वि.सं.२०८० जेठ २ मंगलवार

804 

shares

झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ ।

झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो ।

लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय किसानले परम्परागत रुपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताए । फेला परेका धानका जातलाई संरक्षणका लागि स्थानीय सामुदायिक बीउ बैंकमा भण्डारण गरिएको र किसानलाई यी धानको खेतीमा प्रोत्साहित गरिएको उनले जानकारी दिए ।

कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले लि–बर्डद्वारा धानको रैथाने जातको विषयमा गरिएको खोज महत्वपूर्ण रहेको बताए । उनले अधिकांश रैथाने धान लोपोन्मुख अवस्थाबाट गुज्रिरहेकोसमेत जानकारी दिए ।

“झापाको कृषि ज्ञान केन्द्रमा लामो समय कार्यरत रहँदा मैले पनि धानको रैथाने जातको बारेमा अध्ययन गरेको थिएँ,” पाँचथर कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले भने, “लि–बर्डले गहन रुपमा खोज गरेर रैथाने धानको संरक्षणमा पु¥याएको योगदान अतुलनीय छ ।”

झापाका ३६ रैथाने धान

शिवगञ्ज क्षेत्रबाट रातो टुँडे बास्मती, कालटुँडे बास्मती, जङ्गली मन्सुली, रुद्राक्ष, कालो नूनिया ठूलो, कालो बास्मती र नाजिर जातको धान फेला परेको हो ।

सोही क्षेत्रबाट कालो नुनिया, बेलगुडी, हाप्सा रातो, हाँडीफोर, छोटी बास्मती, हाप्सा, राँगाधान, रासधान, हंशराज रातो स्थानीय, कालो नुनिया सुधार नं १ र कालो नुनिया सुधार नं १० जातको धान पनि फेला परेको छ ।

झापाको उत्तरपूर्वी बाहुनडाँगी क्षेत्रमा किसानले चुल्ठे, भोटाङ्गे, चम्पासरी, चनाचुर, अनदी र धनकुटे जातका रैथाने धानको खेती गर्दै आएको पाइएको छ ।

केचना, कोरोबारी, लखनपुर, गौरीगञ्ज, गौरादह, महाभारा, शनिश्चरेलगायतका क्षेत्रमा कतारखेरा, रातो बच्छी, दोसरा, होडबच्छी, ठूलो मनसरा, सेतो बास्मती, लालबच्छी, बिरम्फुल, रातो बास्मती, रातो अनदी र बदल धानको खेती हुने गरेको पाइएको लि–बर्डको प्रतिवेदनमा उल्लेख छ ।

झापा बाहेक मोरङ, सुनसरी, दाङ, कैलाली र डोटी जिल्लाका रैथाने २६ जातको धानको बीउसमेत लि–बर्डले खोज तथा संरक्षण गरेको छ ।

विदेशी बिउमा बढ्यो निर्भरता

केहीदशक अघिसम्म किसान आफैले धानको बिउ भण्डारण गरेर राख्ने चलन थियो । परालको नेठी र चोयाको भकारीमा धानका बिउ किसानले राख्थे । सिजन भएपछि त्यही बिउलाई ब्याडमा उमार्ने र धानको बेर्ना रोप्ने चलन थियो ।

अहिले त्यो चलनमा ठूलो परिवर्तन आएको छ । भारतीय रञ्जित धानको बिउ नै झापालगायत तराईको अधिकांश क्षेत्रमा रोपिने गरेको छ । जसका लागि किसान स्थानीय एग्रोभेट पसल र बिउ सप्लायर्समा निर्भर हुन्छन् ।

कृषि अर्थविज्ञ शालिकराम भट्टराईले धानखेतीका लागि आवश्यक बिउबिजन आफै सञ्चित गर्ने परम्परागत चलन तोडिएका कारण विगत केही दशकदेखि रैथाने धानका बिउहरु लोपोन्मूख अवस्थामा पुगेको बताए ।

धानबालीको अनुसन्धानमा काम गरिरहेको कृषि अनुसन्धान केन्द्र तरहरा र कृषि अनुसन्धान केन्द्र परवानीपुरले समेत रैथाने जातका धानका बिउको संरक्षण र खोज गरेर किसानलाई खेतीका लागि सिफारिस गर्न सकेका छैनन् ।

नुनिया र बास्मतीको माग उच्च

रैथाने धानमध्ये अधिकांश लोपोन्मूख अवस्थामा पुगिसके पनि नुुनिया र बास्मती धानको बजार उच्च छ । यी धान महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

मेचीनगर–१० की ८२ वर्षीया माया गुरुङले अहिले पनि गाउँबाट नुनिया र बास्मती धान किनेर भात खाने गरेको बताए । “यी धानको भाउ अरुभन्दा धेरै महँगो छ र भातको स्वाद र बासना साह्रै राम्रो हुन्छ”, उनले भने ।

पछिल्लो समयमा बजारमा बढी मूल्य पाउने आशमा धेरै जग्गा हुने किसानहरुले कालो नुनिया र सेतो बास्मती धानको खेती विस्तार गरेको पाइएको छ ।रासस

 

वि.सं.२०८० जेठ २ मंगलवार १५:५० मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...