back
CTIZAN AD

आफु निकटस्थ मुछिएपछि अप्ठ्यारोमा देउवा

वि.सं.२०८० जेठ ३ बुधवार

873 

shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै आफुँ निकट मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी निकटस्थ प्रभावशाली नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पा पक्राउ परिसकेका छन् भने अन्यको नाम पनि जोडिएर आएको छ । दुई नेता पक्राउ परिरहँदा स्वयम् देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाँणको नाम पनि सतहमा आएको छ । यस्तोमा उनीमाथि दबाब बढ्दो छ ।

कांग्रेसभित्रको शेखर कोइराला समूहले पक्राउ परेकालाई तत्काल निलम्बन गर्न माग गरिरहेको छ । मंगलबार प्रेस विज्ञप्ति नै जारी गर्दै महामन्त्री गगन थापाले निलम्बन गरी अनुसन्धानको लागि सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनले देउवाको शैलीप्रति आलोचना पनि गरेका छन् ।

कोइरालाले समूहले तत्काल बैठक डाकेर आवश्यक निर्णय लिन पनि आग्रह गरिरहेको छ । तर, देउवा भने आफु मौन हुँदै निकटस्थलाई आरोपितको बचाउमा उभ्याएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै देउवानिकटस्थ तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महतलेशरण महतले पक्राउ परेका खाँणले आफु निर्दोष सावित भएर आउने बताएको भन्दै तत्काल कारबाही गर्न आवश्यक नरहेको सुनाएका थिए । “उहाँले ममाथि लागेको आरोप गलत हो, म निर्दोष सावित भएर आउँछु भन्नुभएको छ”, महतले बचाउ शैलीमा भनेका थिए ।

महतले आरजु र मञ्जु खाँणको नाम मुछिएको घटनाप्रति आपत्ति जनाएका थिए । ‘फेक’ अडियोलाई लिएर ‘मिडिया ट्रायल’ गर्न खोजिएको टिप्पणी गरेका थिए ।

कांग्रेसभित्र बढ्दै धुव्रिकरण

नक्कली शरणार्थी प्रकरणले कांग्रेसभित्र धुव्रीकरण बढाएको छ । घटनाले कांग्रेसको युवा पंक्तिलाई एकाकार गराएको छ भने संस्थापन समूहलाई विभाजित बनाइदिएको छ ।

उच्च नेताहरुकै नाम मुछिएका बेला अधिकांश संस्थापन पक्षका नेता पनि देउवा शैलीको विरोधमा देखिएका छन् । जसले मौन देउवालाई थप अप्ठ्यारो पारेको छ ।

महामन्त्रीद्वयले जसरी शरणार्थी प्रकरण र भ्रष्टाचारका मुद्दालाई लिएर देशव्यापी अभियान छेड्ने तयारी गरेका छन् यसले नेताहरुको ठूलो पंक्ति फेरिने अवस्था पनि बनेको छ । कांग्रेसभित्र कि भ्रष्टाचारको विरुद्धमा उभिइ कि पक्षमा जस्तो बनाइदिएको छ । जे–जसरी नक्कली शरणार्थी प्रकरणले कांग्रेसभित्र धुव्रिकरणको अवस्था बनेको छ, यसले नेतृत्व पुस्तान्तरणको सम्भावना पनि जबरजस्त बढाएको छ ।

याे पनि…

नक्कली शरणार्थीको फाराम भर्न आङ्टावा शेर्पाले खोलेका थिए कार्यालय

वि.सं.२०८० जेठ ३ बुधवार १६:०२ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...