back
CTIZAN AD

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्दसहित आन्दोलन गर्ने नाउपाको घोषणा

वि.सं.२०८० जेठ ३ बुधवार

813 

shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेको छ ।

पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई मंगलबार सर्वोच्चले जन्मकैदको फैसला सदर गरेपछि सो पार्टीले बुधबार पत्रकार सम्मेलनमार्फत् लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा २०७२ को टिकापुर घटनामा सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्द सहित आन्दोलन गर्ने चेतावनी दिएको हो ।

‘अब सरकारसँग हाम्रो २ वटा माग छ । एक सम्मानित सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्छ । दोस्रो यदि रेशम चौधरी लगायतका राजबन्दी हत्यारा हुन् भने फासी दिने ऐन बनाएर रेशमलाललाई फासी दिए हुन्छ । यदि लाल आयोग सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन ।’ सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो पार्टीले जेठ ३, ४, ५ गते देशव्यापी राँके जुलुश प्रदर्शनी, कोणशभा र जेष्ठ ६ देखि १० गतेसम्म ‘नेपाल बन्द’ गर्ने घोषणा समेत गरेको छ ।

टिकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको बताउँदै विज्ञप्तिमा थप भनिएको छ–त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट (न्यायालय) भन्दा राजनीतिक हिसावबाटै समाधान हुनु पथ्र्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको हो ।’

हिँजो पंचायती व्यवस्थाका विरुद्ध भएका सबै दल र नेताहरुमाथि लागेको मुद्दा बहुदलिय व्यवस्थाको आगमनपछि सबै नेता कार्यकर्ता जेलमुक्त भएको र आज उनीहरु नै सत्तामा रहेको बताउँदै पछिल्लो समयमा सिके रावत होस् वा विप्लव सबै राजनीतिक घटना मानेर सबैलाई मुलधारको राजनीतिमा ल्याइएको पनि सो विज्ञप्तिमा उल्लेख छ ।

‘तर, २०७२ सालमा टिकापुरमा घटेको घटना किन राजनीतिक बनेन, अहिलेको सरकारले किन बनाउन चाहेन हाम्रो (ना.उ.पा.को) चिन्ताको विषय हो । हिँजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुका निर्णय स्वीकार्य त छ तर, यो राजनीतिक मुद्दा अदालती होइन । आजका सबै राजनीतिक दलका शिर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसावले हल गर्न अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 

 

 

वि.सं.२०८० जेठ ३ बुधवार १७:१६ मा प्रकाशित

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...