back
CTIZAN AD

रेशम चौधरीका बारेमा गम्भीर छौं, छिट्टै टुंगोमा पुग्छौं–प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८० जेठ ४ बिहीवार

801 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकापुर घटनामा संलग्न रहेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीका बारेमा छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

बिहीबार संसदमा भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफुहरु गम्भीर रहेको र छिट्टै टुंगोमा पुग्ने बताए ।

‘हामीले यसअघि पनि रेशम चौधरीको विषयमा अध्यादेश ल्याएर भएपनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो,’ उनले भने, ‘अदालतबाट जे फैसला भएपनि छिटो फैसला होस् भन्नका निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो । र, अहिले टुंगिएको छ । यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा हामी निकै गम्भीर छौं । मलाई विश्वास छ हामी छिट्टै एउटा टुंगोमा पुग्ने छौं ।’

त्यस्तै चौधरीले २०७२ को टिकापुर घटनामा विषयमा लाल आयोगले बनाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्यसलाई सार्वजनिक नगर्नु के बाध्यता छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले सरकार यो प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताए ।

‘म प्रधाामन्त्री हुँदा नै यो आयोग गठन भएको हुनाले त्यसमा भएका कानुनी र व्यवहारिक जटिलतालाई फुकाएर मात्रै प्रतिवेदन सार्वजनिक गर्न सकिन्छ ।’ प्रधानमन्त्रीले भने ।

उनले राजनीतिक आन्दोलनका कारण जेल जीवन वितारइरहेका बन्दीहरुका सम्बन्धमा सरकारको संसदमा विधेयक प्रस्तुत भइसकेको र छिट्टै निष्कर्षमा पुग्ने बताए ।

‘थरुहट आन्दोलनसँग सम्बन्धीत मात्र होइन, मधेश आन्दोलन लगायत अन्य आन्दोलनसँग सम्बन्धीत बन्दीहरुको रिहाई पनि उक्त विधेयकमा रहेको जानकारी गराउदछु,’ उनले भने, ‘त्यो विधेयकको बाटोबाट बन्दी रिहा गर्ने बाटोमा जानेछौं ।’

 

वि.सं.२०८० जेठ ४ बिहीवार १४:३१ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...