Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

रेशम चौधरीका बारेमा गम्भीर छौं, छिट्टै टुंगोमा पुग्छौं–प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकापुर घटनामा संलग्न रहेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीका बारेमा छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

बिहीबार संसदमा भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफुहरु गम्भीर रहेको र छिट्टै टुंगोमा पुग्ने बताए ।

‘हामीले यसअघि पनि रेशम चौधरीको विषयमा अध्यादेश ल्याएर भएपनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो,’ उनले भने, ‘अदालतबाट जे फैसला भएपनि छिटो फैसला होस् भन्नका निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो । र, अहिले टुंगिएको छ । यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा हामी निकै गम्भीर छौं । मलाई विश्वास छ हामी छिट्टै एउटा टुंगोमा पुग्ने छौं ।’

त्यस्तै चौधरीले २०७२ को टिकापुर घटनामा विषयमा लाल आयोगले बनाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्यसलाई सार्वजनिक नगर्नु के बाध्यता छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले सरकार यो प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताए ।

‘म प्रधाामन्त्री हुँदा नै यो आयोग गठन भएको हुनाले त्यसमा भएका कानुनी र व्यवहारिक जटिलतालाई फुकाएर मात्रै प्रतिवेदन सार्वजनिक गर्न सकिन्छ ।’ प्रधानमन्त्रीले भने ।

उनले राजनीतिक आन्दोलनका कारण जेल जीवन वितारइरहेका बन्दीहरुका सम्बन्धमा सरकारको संसदमा विधेयक प्रस्तुत भइसकेको र छिट्टै निष्कर्षमा पुग्ने बताए ।

‘थरुहट आन्दोलनसँग सम्बन्धीत मात्र होइन, मधेश आन्दोलन लगायत अन्य आन्दोलनसँग सम्बन्धीत बन्दीहरुको रिहाई पनि उक्त विधेयकमा रहेको जानकारी गराउदछु,’ उनले भने, ‘त्यो विधेयकको बाटोबाट बन्दी रिहा गर्ने बाटोमा जानेछौं ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।