back

नेपाल एयरलाइन्सको जहाजमा मलेसिया–भैरहवा १२ हजार रुपैयाँमै उड्न पाइने

वि.सं.२०८० जेठ ४ बिहीवार

324 

shares
RBB AD
NTC AD

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।

सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

“नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार मलेसिया–भैरहवाका लागि रु १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने उनको भनाइ छ ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

वि.सं.२०८० जेठ ४ बिहीवार १७:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखराका किसानका लागि आइपिएम पाठशाला

पोखराका किसानका लागि आइपिएम पाठशाला

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान...

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

काठमाडौँ । नेपाल टेलिकमले वैशाख २० गते राष्ट्रिय सूचना तथा...

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...

रारा क्षेत्रमा रिसोर्ट निर्माण हुनु सुखद भएको भन्दै प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

रारा क्षेत्रमा रिसोर्ट निर्माण हुनु सुखद भएको भन्दै प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा...