काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । बिहीबार प्रहरीले काठमाडौंबाट उनलाई पक्राउ गरेकाे हो ।
अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाल पक्राउ परेका हुन् । पक्राउ परेका आराेपित केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । अनुसन्धानको क्रममा रिजालको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताएका छन्।
तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि रिजाल नै सुरुमा नेताहरूसँग पहल गर्न पुगेका थिए । रिजालकै पहल स्वरूप तत्कालिन रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णयबाट कार्यदल गठन गरेका थिए । त्यही कार्यदलकाे गठनसँगै नक्कली शरणार्थी बनाउने खेल सुरू भएकाे थियाे ।
रिजाल पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । बिहीबार मात्रै प्रहरीले नेपाल नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका थिए ।
वि.सं.२०८० जेठ ४ बिहीवार १८:२६ मा प्रकाशित






























