back
CTIZAN AD

एनसेलको माई प्लान : सेवाको आवश्यकताअनुसार आफै बन्डल प्याक बनाउन सकिने

वि.सं.२०८० जेठ ४ बिहीवार

816 

shares

काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएकोे हो । यस विशेष प्लानअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफै बनाएर सेवा लिन सक्ने जनाइएको छ ।

ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा संचालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो । इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन् । माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन् । ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्नेछन् ।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन् । माइ प्लान ५०० को कर सहित रु ५०० पर्दछ र यसमा ग्राहकले रु ५०० बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्नेछन् । त्यस्तै, फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढि मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्नेछन् ।

यसका साथै प्लानमा पाइने सेवाहरु बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मुल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ । माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सकिने जनाइएको छ ।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विषेश सुविधाले कर्पोरेट ग्राहकहरु ठूलो महत्व राख्ने कम्पनीको भनाई छ । एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्ने जनाइएको छ ।

उदाहरणको लागि ग्राहकले रु ३०० बराबरको डेटा, रु १५० बराबरको अफ नेट र अन नेट कल र रु ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन् । यो प्याक ३० दिनको समय चक्रमा संचालन हुने हुदाँ आउट गोइङ् सेवामा अवरोध नआवस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नु पर्दछ ।

३० दिनको समय अघि नै माई प्लानका सेवाहरुको प्रगोय गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान् शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्नेछन् ।

वि.सं.२०८० जेठ ४ बिहीवार १८:१३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...