back
CTIZAN AD

छैटौँ चेम्बर एक्स्पो भुकुटीमण्डपमा शुरु, यी हुन् एक्स्पोका विशेषता

वि.सं.२०८० जेठ ५ शुक्रवार

939 

shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहिबारबाट शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुरु मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तर्राष्ट्रिय बस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएका छन ।

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु लगायत जडीवुटी, आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रर्दशनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनी एवं बिक्रीका लागि राखिएको छ । छैटौं चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरेका हुन् ।

एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उद्योग, व्यवसाय मैत्री नीतिमार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ छ ।

उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए ।

मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यवसायिक गतिविधीलाई बढाउन व्यापारमेला आयोजना गरिएको बताए ।

छैटौँ व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईने जनाएको छ । सम्वोधनका क्रममा अध्यक्ष मल्लले विदेशबाट आउने बस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि वस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे ।

उनले भने, ‘अन्तराष्ट्रिय स्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु ।’ मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ, ।’

चेम्बर एक्स्पोलाई सम्वोधन गर्दै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए । उनले भने, माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्छ भन्ने मेरो विश्वास छ । यस्ता खाले व्यापार मेला केन्द्रदेखि स्थानीय तहसम्मै गर्नका लागि सरकारले नीतिगत व्यवस्था पनि गरिरहेको छ ।’

उत्पादन र उपभोक्तालाई एकैठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको वाणिज्य सचिव मरासिनीको भनाइ छ । मुलुकमा नौ खर्ब रुपैयाँ भन्दा बढीको निर्यात क्षमता भएपनि यसको पहिचान हुन नसकेको उनले बताए । मेला बिहिबारदेखि आगामी ८ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी उद्योगी व्यवसायीसँगै भारत, बंगलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।

वि.सं.२०८० जेठ ५ शुक्रवार ०८:१८ मा प्रकाशित

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...