back
CTIZAN AD

नेपाटपले सुरु गर्यो डिडब्लुसी पाइप उत्पादन

वि.सं.२०८० जेठ ५ शुक्रवार

729 

shares

काठमाडौ । नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डिडब्लुसी) पाइपको उत्पादन शुरु गरेको छ ।

भारत, चीनलगायका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिज, पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डिडब्लुसी पाइप उत्पादन शुरु गरेको हो ।

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवम् विश्वका विभिन्न मुलुकहरूमा उत्पादन भएर प्रचलित कोरोगेटेड डिजाइनमा कम्पनीले उत्पादन शुरु गरेको हो ।

कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि. देखि १२०० मि.मि. गोलाइका पाइप उत्पादन गरिरहेको बताइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको डिडब्लुसी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिन्ह प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।

नेपाटपले स्वदेशी श्रम एवम् स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछि भारत र चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलीकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ । बिगतमा प्रयोगमा आइरहेको पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवम् भरपर्दो साथै जडानपछि मर्मतसम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने र बाहिरी बनौट रिङ आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरू यो पाइपमा रहेको छ ।

यही कारण कम्पनीका अन्य उत्पादनहरू जस्तै यो उत्पादन पनि उपभोक्तहरूको पहिलो रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ । यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरूका लागि समेत डिडब्लुसी पाइप उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।

वि.सं.२०८० जेठ ५ शुक्रवार ०८:१३ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...