back
CTIZAN AD

मुख्य संलग्नमाथि नै भएन छानबिन

वि.सं.२०८० जेठ ५ शुक्रवार

1.1K 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नाम जोडिएका व्यक्तिविरुद्ध नै अभियोग दर्ता नहुने देखिएको छ । अनुसन्धान अन्तिम चरणमा पुग्दै गर्दा पनि घटनामा सिधै नाम मुछिएका मुख्य व्यक्तिलाई नै छानबिनको दायरामा ल्याइएको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणको विधिवत् सुरुवात एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलसँगै भएको देखिन्छ । तत्कालिन गृहमन्त्री बादलले शरणार्थी समस्या समाधानको नाममा ६ बुँदे कार्ययोजना बनाउँदै २०७६ जेठ ३० मा कार्यदल गठन गरेका थिए । बालकृष्ण पन्थीको नेतृत्वमा गठित कार्यदलमा गणेश केसी र शाखा अधिकृत दीपक न्यौपाने थिए । राष्ट्रसंघीय नियोगले २०१६ मै सम्पन्न गरिसकेको काममा कार्यदल गठन गर्दै बादलले नक्कली शरणार्थी बनाउने खेलको विधिवत् सुरुवात गरेका थिए ।

नक्कली शरणार्थी बनाउने उक्त खेलमा तत्कालिन गृहसचिव तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई सुरुदेखि नै संलग्न रहेको देखिन्छ । कार्यदल बनाउने बादलको प्रस्ताव नै राईको सहमतिसँगै अघि बढेको पाइन्छ ।

कान्तिपुर दैनिक नामक सञ्चार माध्यमसँगको अन्तरवार्ता (२०८० वैशाख ३१)मा पनि राईले कार्यदल निर्माणदेखि आफ्नो संलग्नता रहेको कुरा छोपेका छैनन् । उनले घटनामा पक्राउ परेका विभिन्न आरोपितसँग पटक–पटक भेटघाट भएको स्वीकार गरेका छन् ।

प्रहरी हिरासतमा रहेका सानु भण्डारी र केशव दुलाललगायतले पनि बयानमा तत्कालिन गृहसचिव राईलाई सोझै नगद बुझाएको दाबी गरेका छन् । राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान उनीहरुले दिएका छन् । उनीहरुले उक्त भिडियो प्रहरीलाई बुझाएको पनि तथ्य खुलेको छ ।

तर, प्रहरीले तत्कालिन गृहमन्त्री बादल र गृहसचिव राईलाई अनुसन्धानको घेरामै ल्याएको छैन । प्रहरीले तत्कालिन गृहमन्त्री बादलका छोरा र उनका सुरक्षा सल्लाहकारलाई अनुसन्धानको घेरामा ल्याएको छ तर, बादल र तत्कालिन गृहसचिव राई भने अनुसन्धानमा तानिएका छैनन् ।

यता, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा र बालकृष्ण खाँणकी पत्नि मञ्जु खाँणलाई पनि प्रहरीले अनुसन्धानको घेरामा ल्याएको छैन । विभिन्न सञ्चारमाध्यममार्फत राणा र खाँण जोडिएको अडियो बाहिरिएको छ । घटनामा पक्राउ परेका आरोपितले पनि दुईको नाम लिएको विषय बाहिरिएको छ । तर, राणा र खाँणमाथि पनि अनुसन्धान हुने देखिएको छैन ।

पति पक्राउ परेसँगै मञ्जु खाँण अहिले कांग्रेसको सम्पर्कमा पनि छैनिन् भने राणाले भने आफुमाथि लगाइएको आरोप मित्थ्या भन्दै सार्वजनिकरुपमा बयान दिइरहेकी छिन् । घटनाक्रमलाई हेर्दा राणा र खाँणको संलग्नता सुरुदेखि नै देखिन्छ । तर, प्रहरीले अनुसन्धानको घेरामा ल्याउने आँटसम्म देखाएको छैन ।

प्रश्नमा नियमित भेटवार्ता

एक अर्काको कटु आलोचना गर्ने प्रमुख दलका शीर्ष नेताहरु नक्कली शरणार्थी प्रकरण सतहमा आइरहँदा नियमित भेटवार्तामा देखिए । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली किन तारान्तार भेटवार्तामा जोडिए ? धेरैले सन्देहपूर्ण रुपमा हेरेका छन् ।

नेताहरुले भेटवार्तालाई संसद सञ्चालनको विषयमा केन्द्रीत भएको बताएको भएपनि सतहमा देखिएको घटना र नेताहरुको भेटवार्ता संगतपूर्ण देखिँदैन । तीन शीर्ष नेताहरुको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत संलग्न भएको कारण नक्कली शरणार्थी प्रकरण आफुहरु अनुकुल बनाउन खोजिएको त होइन ? प्रश्न उब्जिन्छ । धेरैको प्रश्न छ– कतै राजनीतिक लेनदेनको मुद्दा त बनाइन्न ?

याे पनि…

बादल किन तानिएनन् छानबिनमा ?

वि.सं.२०८० जेठ ५ शुक्रवार १३:०४ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...