Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बादल किन तानिएनन् छानबिनमा ?



काठमाडौं । नक्कली शरणार्थी प्रकरणको विविधत् सुरुवात रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलसँगै भएको देखिन्छ । उनले शरणार्थी समस्या समाधानका नाममा ६ बुँदे कार्ययोजना बनाउँदै पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा २०७६ जेठ ३०मा कार्यदल गठन गरेका थिए । पन्थीको नेतृत्वमा गठित कार्यदलमा ललितपुरका गणेश केसी सदस्य थिए भने शाखा अधिकृत दीपक न्यौपाने सचिव थिए ।

उक्त कार्यदलको मुख्य कार्ययोजना भुटानी शरणार्थी शिविरमा दर्ता भई पुनःस्थापना हुन बाँकी र दर्ता छुट भएका शरणार्थीको लगत तयार गर्ने र तेस्रो देशमा पुनर्वासमा पठाउन सकिने वा नसकिने सम्बन्धमा सुझाब दिने थियो । राष्ट्रसंघीय नियोगले २०१६ मै उक्त कार्य सम्पन्न गरिसकेको थियो तर, त्यसको तीन वर्षपछि २०१९ मा योजनाबद्धरुपमा कार्यदल गठन गरिएको थियो ।

जुन कार्यदलको गठनसँगै नक्कली शरणार्थी बनाउने खेल पनि सुरु भएको देखिन्छ । जसमा क्रमशः गिरोह जोडिएको देखिन्छ । अनुसन्धानमा खुलेका तथ्यअनुसार कार्यदल निर्माणसँगै गिरोहको सुरु भएको र अन्य पात्रहरु जोडिएको भेटिन्छ ।

हालसम्म अनुसन्धानमा नतानिएका भएपनि अख्तियार प्रमुख प्रेमकुमार राई तत्कालिन समय गृहसचिव थिए । कार्यदलमा उनी नरहेपनि कार्यदलको गठन र कार्यदलको कार्ययोजना बनाउन उनको पनि भूमिका भेटिन्छ ।

कार्यदलको गठनसँगै बादलका छोरा प्रतिक थापा र सुरक्षा सल्लाहकार इन्द्रजित राई सक्रिय बनेको देखिन्छ । घटनामा क्रमशः टोबहादुर रायमाझीलगायत जोडिएको भेटिन्छ । बादलले सुरु गराएको गिरोहको सञ्जालमा पछि कांग्रेस नेता बालकृष्ण खाँण, अर्का गृहसचिव टेकनारायण पाण्डे र खाँणका स्वकीय सचिव नरेन्द्र केसी जोडिएको पाइन्छ ।

नक्कली शरणार्थी बनाउने खेलबाट बादलका छोरा प्रतिकले एक करोड लिएको खुलेको छ । उनी पक्राउ पुर्जी जारी भएसँगै फरार छन् । बादलका तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । प्रहरीको अनुसन्धानले बताएअनुसार उनले साढे पाँच करोड लिएको खुलेको छ । तर, समग्र घटनाको बिजारोपण गर्ने बादल भने अहिलेसम्म पनि अनुसन्धानमा तानिएका छैनन् । उनकै छोरा र सुरक्षा सल्लाहकार नै अनुसन्धानमा तानिँदा उनी किन छुटे ? प्रश्न उठ्छ ।

याे पनि…

नक्कली शरणार्थीको फाराम भर्न आङ्टावा शेर्पाले खोलेका थिए कार्यालय

आफु निकटस्थ मुछिएपछि अप्ठ्यारोमा देउवा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।