back
CTIZAN AD

नक्कली भुटानी शरणार्थीको लिस्ट तयार गर्दै एनआरएनए युके

वि.सं.२०८० जेठ ४ बिहीवार

1.1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पहलमा नक्कली भुटानीको ’लिष्ट’ तयार गर्न लागिएको छ ।

नेपालमा नक्कली भुटानी प्रकरणमा नेता, कर्मचारीहरुको नाम एकाएक आउने क्रम जारी रहेको र केही उच्च पदस्थहरु समेत पक्राउ परिरहेका बेला बेलायतमा समेत यसप्रति चासो देखाउँदै नक्कली भुटानी शरणार्थीको खोजी गरिएको बताइएको छ ।

बेलायतको आवासीय अधिकार लिनकै लागि आफूलाई भुटानी भनेका नेपालीहरुको लिष्ट तयार गरिन लागिएको र उक्त लिष्टमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीदेखि नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष, केही राजनीतिक पार्टीका नेता, गायन पेशामा आवद्ध व्यक्ति, युरोपकै पुरानो नेपाली संस्था यती एसोसिएसन यूकेमा महत्वपूर्ण पदमा बसिसकेका व्यक्ति समेत रहेको एनआरएनएका प्रवक्ता भरतमणि चोङवाङले बताएका छन् ।

’बेलायत बस्नकै लागि भुटानी शरणार्थी बनेर सार्वभौम स्वतन्त्र देशको बद्नाम गर्ने, जन्मभूमिप्रति घृणा फैलाउने र ब्रिटिश सरकारको आंखामा छारो हालेर गैरकानूनी काम गर्नेहरु सजायको भागिदार बन्नु पर्छ भनेर हामीले यस मुद्दालाई एनआरएनए यूकेले अगाडि बढाएका छौं ।’ एनआरएनए बेलायतले भनेको छ ।

यसैबीच, एक नक्कली भुटानीकै आयोजनामा आउंदो २१ मे आइतबार लन्डनमा हुने भनिएको एक अवार्ड कार्यक्रम वहिष्कार गर्न एनआरएनए यूकेले आव्हान समेत गरेको छ ।

’होम अफिसको रेकर्डमा नक्कली भुटानी तर आफूलाई वरिष्ठ पत्रकार भन्ने नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्षले चन्दा उठाउंदै गर्न लागेको अवार्ड कार्यक्रम समस्त बेलायती डायस्पोराकै लागि लज्जाको विषय हो,’ संघले भनेको छ, ‘त्यस्तो कार्यक्रममा गएर, सम्मानको खोस्टो बोकेर उल्टै आफ्नो उचाईं नघटाउन सबैमा अपिल गर्दछौं ।’

वि.सं.२०८० जेठ ४ बिहीवार १२:४० मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...