back
CTIZAN AD

चिनियाँ जनमुक्ति सेनाद्वारा विरेन्द्र अस्पताललाई एमआरआई मसिन सहयोग

वि.सं.२०८० जेठ ४ बिहीवार

855 

shares

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालका लागि अत्याधुनिक एमआरआई मसिन सहयोग गरेको छ ।

नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको नेपाली सेनाले जनाएको छ ।

जनबादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको उक्त मेशिन नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधान सेनापति प्रभुराम शर्माले एमआरआई मेशिन जडित कक्षको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाले पु¥याएको योगदानका लागि आभार व्यक्त गरेका थिए ।

नेपाली जनता तथा चिनियाँ जनताहरुबीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्दै शर्माले सन् २०१५ को विनासकारी भुकम्प पश्चातको उद्धार तथा पुनःनिर्माण प्रयासहरुका साथै कोभिड–१९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने बताए ।

कार्यक्रममा चिनियाँ राजदूत छन् सङले नेपाल, सदैव चीनको एक असल छिमेकीका रुपमा रहेको बताउँदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत गरेका थिए ।

उक्त कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिती रहेको थियो ।

वि.सं.२०८० जेठ ४ बिहीवार १२:०५ मा प्रकाशित

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...