काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल साधारण शैलीमै संसद भवन पुगेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेका पौडेल बाटो खाली नगराई साधारण सुरक्षा घेरामै संसद पुगेका हुन् ।
राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन ।
विगतमा राष्ट्रपतिको सवारी हुँदा उच्च सुरक्षासहित अन्य यात्रुलाई ओहोर–दोहोर गर्न केही समयसम्मका लागि रोक लगाइन्थ्यो । तर, पौडेलले उक्त परम्परा तोड्दै साधारण शैलीमा भवन पुगेका हुन् ।
पौडेलले यसअघिका विभिन्न औपचारिक कार्यक्रममा पनि उच्च सुरक्षा शैलीलाई प्रयोग गरेका थिएनन् । विभिन्न पुजापाठका कार्यक्रममा पनि निकै साधारण शैलीमा गएका थिए ।
वि.सं.२०८० जेठ ५ शुक्रवार १६:४१ मा प्रकाशित






























