Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

तार तान्ने क्रममा विजुलीको खम्बाबाट लडेर एकको मृत्यु, एक घाईते



अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।

किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो ।

अर्का किरन राना घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताए । गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।